Skip to content
Prabhu

गार्डियन माइक्रोको आईपीओमा १९ लाख बढीको आवेदन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा १९ लाख भन्दा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिनको कार्यालय समयसम्म यो कम्पनीको आईपीओमा १९ लाख ६ हजार ७४८ जनाले आवेदन दिएका छन् ।

उक्त आवेदनबाट २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ संकलन भएको छ । अन्तिम समयसम्म २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्