Skip to content

एनआईसी एसिया बैंकद्वारा ग्राहकहरूलाई खातामा प्यान अद्यावधिक गर्न अनुरोध

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ‘ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहकहरुलाई प्यान अध्यावधिक गर्न अनुरोध गरेको हो ।

ग्रहकहरुले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank)  मा रहेको  ‘PAN Update’ विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने आई सी एशिया बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्न सक्नेछन् ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको जनाउँदै प्यान अद्यावधिक भएपश्चात् करकट्टीको विवरण E-TDS सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ ।

साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिनसमेत बैकले अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima