काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको पुसर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले लाभांश वितरण नगरी वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेका हो । गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने त्यहाँबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्