काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस २५ गते यो कम्पनीलाई आईपीओ जारीको लागि अनुमति दिएको हो ।
आईपीओ अनुमति पाउने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो लघु बीमा कम्पनी हो । यस अघि गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स आईपीओ जारी गरिसकेको छ ।
धितोपत्र बोर्डको अनुमतिसँगै अब नेपाल माइक्रो इन्स्योरेन्स सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्