Skip to content
Prabhu

‘सिटिजन पोर्टल मार्फत परिचयपत्र नम्बर हेरेर खाता खोल्न सहयोग गर्नु : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको विषयमा थप स्पष्ट पारेको छ । आज सूचना जारी गर्दै केन्द्रीय बैंकले २०८१ साल असार १० गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनामा नै माघ १ गतेदेखि बैंक खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको जानकारी गराएको हो ।

‘नेपाल सरकारबाट २०८१ साल असार १० गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनामा २०८१ माघ १ गते देखि बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोग गर्नुपर्ने उल्लेख भए बमोजिम बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा खाता खोल्ने व्यवस्था मिलाउन आवश्यक रहेको छ,’ सूचनामा भनिएको छ । त्यस्तै राष्ट्रिय परिचयपत्र सहज पुहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्यक जिल्ला प्रशासन कार्यालय मर्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था गरेको जानकारी प्राप्त भएको केन्द्रीय बैंकले जनाएको छ । साथै काठमाडौं उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयको अतिरिक्त अस्थायी शिविर मार्फत समेत यस्तो परिचयपत्र प्रदान हुँदै आएको सूचनामा उल्लेख गरिएको छ । यो कार्यलाई सहजीकरण गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाले सिटिजन पोटल मार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था समेत गरेको सूचनामा उल्लेख गरिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

उक्त पोटलमार्फत राष्ट्रिय परिचय पत्रको नम्बर जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको राष्ट्र बैैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्