Skip to content

पाकिस्तानमा रेमिटेन्सको स्थिति बलियो : केन्द्रीय बैंक

इस्लामाबाद । चालू आर्थिक वर्षको जुलाई सन् २०२४ देखि जुन सन् २०२५ सम्मको पहिलो छमाहीमा विदेशी पाकिस्तानी कामदारहरूले पठाएको रेमिटेन्समा गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले जनाएको छ ।

श्रमिकको रेमिट्यान्स ३२ दशमलव ८ प्रतिशतले बढेको छ, जसमा १७.८ अर्ब अमेरिकी डलर प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । मुख्यतया रेमिट्यान्स साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिकाबाट प्रवाह भएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले रेमिट्यान्समा भएको वृद्धिले देशको विकासमा आफ्नो भूमिका निर्वाह गर्ने विदेशी पाकिस्तानीहरूको दृढ प्रतिबद्धता झल्काउने बताए । ‘आर्थिक स्थायित्व हासिल गरेपछि पाकिस्तान अब आर्थिक वृद्धिको बाटोमा छ । सरकार राष्ट्रिय विकास र सार्वजनिक कल्याण सुनिश्चित गर्न कटिबद्ध छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima