Skip to content

राष्ट्र बैंकद्वारा वीरगञ्जको मनोकामना मनीचेन्जरको इजाजत खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगञ्जको मनोकामना मनीचेन्जर वीरगञ्ज प्रालिको इजाजत खारेज गरेको छ ।

राष्ट्र बैंकले भारतीय मुद्राको खरिद बिक्री गर्न इजाजत प्राप्त गरेको उक्त मनीचेन्जरको इजाजत खारेज गरेको जनाएको छ ।

‘भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामना मनीचेन्जर वीरगञ्ज प्रालि वीरगञ्ज, पर्साको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले सो मनिचेन्जरसँग कुनै पनि कारोवार नगर्नरनगराउनु हुन सर्वसाधारणसँग आह्वान गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima