Skip to content
Prabhu

सेयर बजार दोहोरो अंकले घटेको दिन दुई कम्पनीमा नकारात्मक सर्किट

काठमाडौं । सोमबार सेयर बजार परिसूचक १५ अंकले घटेर कारोबार बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १७५ कम्पनीको सेयर मूल्य घटेको दिन दुई कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट नै लागेको छ ।

आज सेयर बजारमा आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६२४ रुपैयाँ ९० पैसाले घटेर ५ हजार ६२४ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य ११८ रुपैयाँ ९० पैसाले घटेर १ हजार ७० रुपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा रिभर फल्स पावर, कुमारी धनवृद्धि योजना र कृषि विकास बैंक डिबेन्चर २०८३ रहेका छन् । आजको कारोबार बन्द हुँदा रिभर फल्सको सेयर मूल्इ १२४ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ८.३६ प्रतिशतले कम हो ।

त्यस्तै कुमारी धनवृद्धि योजनाको सेयर मूल्यमा पनि ४.६३ प्रतिशत अर्थात् ०.४४ रुपैयाँले गिरावट आएर ९ रुपैयाँ ०६ पैसा पुगेको छ । आजको कारोबार बन्द हुँदा कृषि विकास बैंक डिबेन्चर २०८३ को सेयर मूल्य पनि ४९ रुपैयाँ ९० पैसाले घटेर १ हजार १०० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ४.३४ प्रतिशतले कम हो।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal