काठमाडौँ । यदि कसैलाई इन्टरनेटको खपत कति जरुरी छ भनेर सोध्ने हो भने, सम्भवतः उसको जवाफ हुनसक्छ, खाना जत्तिकै इन्टरनेट पनि जरुरी छ ।अर्थात् शरीरका लागि जति खानाको जरुरी हुन्छ अहिले दैनिक जीवनमा काम गर्नका लागि इन्टरनेट त्यति नै आवश्यक छ ।
अहिले घरभित्र होस् वा घरबाहिर निस्कँदा होस् इन्टरनेट अत्यावश्यक भइसकेको छ । कसैसँग कुरा गर्न, मनोरञ्जनका लागि युट्युव हेर्न मात्रै होइन कतै जाँदाराइड सेयरिङको प्रयोग, पैसा भुक्तानी र दिँदा होस् वा अस्पतालको रिपोर्ट पनि अहिले इन्टरनेटका माध्यमबाट मोबाइलमै आइपुग्छ ।
अहिले चलचित्रको टिकटकाट्न हलसम्म धाउनु पर्दैन, हलमा सिट छ वा छैन भन्ने जान्न र टिकट काट्न इन्टरनेटले सजिलो बनाएको छ । तर, के तपाईंलाई थाहा छ, तपाईंको जीवनको अत्यावश्यक इन्टरनेटमा तपाईंले कति पैसा खर्च गरिरहनुभएको छ ?
वा कम खर्चमै आफूलाई पुग्ने इन्टरनेटचलाउन जान्नुभएको छ ? एक अध्ययनअनुसार प्याक लिने र नलिने प्रयोगकर्ताबीचको तुलना गर्दा एउटा सेवा प्रयोगकर्ता प्याक नलिनेको तुलनामा प्याक लिएर चलाउनेको खर्चनगग्य जस्तै हुन्छ । उदाहरणका लागि यदि तपाईंले पे एज यू गो योजनाअन्तर्गत मोबाइल प्रयोग गरिरहनुभएको छ भने तपाईंले एक मिनेट कुराकानी गर्दा कम्तीमादुई रुपैयाँ ०५ पैसा खर्च गर्नुहुन्छ । तर तपाईंले प्याक लिएर कुराकानी गर्नुभएको छ भने यसको मूल्य सात गुणा कम जम्मा तीन पैसा मात्रै हुन्छ ।त्यसैगरी डाटाको हकमा त्योभन्दा सस्तो हुन्छ ।
अर्थात् एक एमबीका लागि एक रुपैयाँ २७ पैसा खर्च गरिरहेका ग्राहकले प्याक लिएर डाटा चलाउँदा जम्माआठ गुणा कम अर्थात् ०.०१६ पै मात्रै खर्च हुन्छ । उदाहरणका लागि यदि तपाईं नेपाल टेलिकमको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले मासिक ९९९ रुपैयाँ खर्च गर्नुभयो भने एक जिबी डाटा तपाईंले जम्मा दुईरुपैयाँ ३८ पैसामा पाउनुहुन्छ । प्याक लिएर डाटा चलाउँदा वा भ्वाइस कल गर्दा निकै सस्तो पर्ने तर प्याक नलिएर चलाउँदा निकै मंहगो पर्ने जाने नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । उनका अनुसार प्याक नलिएर एक जिबी डाटा प्रयोग गर्दा १ हजार २४ रुपैयाँ पर्छ । ‘प्याक लिएर चलाउँदा एक जिबी डाटाका लागि जम्मा २९ रुपैयाँ मात्रै लाग्छ,’ उनले भने, ‘प्याक नलिएर चलाउने हो भने एक जिबीको १ हजार २४ रुपैयाँ पर्ने जान्छ ।’
भ्वाइस कलमा पनि प्याक लिदाँ सस्तो पर्ने उनको भनाइ छ । ‘अहिले नर्मल रुपमा कल गर्दा नेपाल भित्र एक मिनेटको १ रुपैयाँ लाग्ने बताए । तर विहान ५ बजेदेखि बेलुका ५ बजेसम्मको प्याक लिने हो भने जम्मा १९ रुपैयाँमा जति कुरा गर्न पनि मिल्छ,’ प्रवक्ता ढकालले भने । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक लिएर राति ११ बजेदेखि विहान ६ बजेसम्म कुरा गर्दा जम्मा १५ रुपैयाँ मात्रै लाग्ने प्रवक्ता ढकालले जानकारी दिए ।
अब एनसेलको हेरौँ, एनसेलले अहिले सधै अन अफर ल्याएको छ । यसमा तपाईंले एक पटक एउटा प्याकेज लिएपछि भ्वाइस, डाटा र एसएमएससेवाका लागि थप शुल्क खर्च गर्नुपर्दैन । एनसेले रातिका लागि पनि लक्षित गरी सधै अन योजनामा नयाँ अफर ल्याएको छ । यदि तपाईं एनसेल प्रयोगकर्ता हुुनुहुन्छ भने प्याक नलिइ डाटा चलाउँदा एक एमबीकै २ रुपैयाँभन्दा बढी पर्छ । अर्थात् एक जिबी डाटाका लागि झण्डैएक सय रुपैयाँ पर्छ । तर प्याक लिएर चलाउनुहुन्छ भने लागत शून्य बराबर नै हुन्छ ।
हाल एनसेलले सात दिनका लागि लक्षित गरी ९९ रुपैयाँको बेसिक प्याक लागू गरिरहेको छ । जसको वास्तविक मूल्य १९८ रुपैयाँ छ । तर यदि तपाईंलेप्याक लिनुभयो भने यो ९९ रुपैयाँमा तपाईंले दुई जिबी डाटा, ४९ मिनेट कल र नौ वटा एसएमएस सेवा पाउनुहुन्छ ।
तर, बढी इन्टरनेट खपत गर्नुहुन्छ भने बेस्ट प्याकमा २८ दिनको अवधि भएका ३९९, ४९९ र ५९९ रुपैयाँका सस्ता प्याक लिन सक्नुहुन्छ । जसमा तपाईंलेक्रमशः प्याकअनुसार ८, १२ र २० जिबी डाटा, पैसा तिरेर जत्तिकै कल सेवा अर्थात्, क्रमशः ३९९, ४९९ र ५९९ मिनेट कल सेवा पाउनुहुन्छ । साथै प्याकअनुसार ३९, ४९र ५९ वटा एसएमएस सेवा पनि पाउनुहुन्छ । यदि तपाईंले प्याक लिएर मोबाइल चलाउनुहुन्छ भने तपाईंको आधाभन्दा बढी खर्च बचत हुन्छ । त्यति मात्रै नभइनिश्चित समयसम्म पैसा तिर्नुपर्ने समस्या चिन्ता पनि हुँदैन । एक पटक पैसा तिरेपछि निश्चित समयसम्म ढुक्कले मोबाइल चलाउन पाइन्छ ।
ननस्टप युट्युव र फेसबुक
टेलिकम कम्पनीहरुले बढ्दो सामाजिक सञ्जालको प्रयोगलाई ध्यानमा राख्दै एनसेलले निश्चित शुल्कमा निश्चित समयका लागि ननस्टप अफर पनिल्याएका छन् । जसमा फेसबुक, युट्युव, इन्स्टाग्राम र टिकटकलगायतका एप प्रयोग गर्न सकिन्छ ।
जस्तै एनसेलको हकमा दुई सय रुपैयाँ एक पटक बुझाएपछिचार जिबी डाटासँगै सात दिनसम्म फेसबुक, युट्युव, इन्स्टाग्राम र टिकटक चलाउन पाइन्छ । नेपाल टेलिकमको हकमा ५० रुपैयाँ तिरेपछि एक दिनभरी फेसबुकचलाउन सकिन्छ ।
प्याक लिँदा ग्राहकको बीमा पनि
एनसेलले डाटासँगै बीमा अफर पनि ल्याएको छ । एनसेलका अनुसा ७९९ रुपैयाँभन्दा बढीको सधै अन प्याकमा अनलिमिटेड कल, टन्नै डाटासहित १०हजार रुपैयाँसम्मको अस्पताल भर्ना बीमा पनि सुविधा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्