काठमाडौं । नेपाल बैंकले यो वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ। योसँगै सेयरधनीहरुको हात खाली हुने भएको छ।
उक्त कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारणसभामा पेस गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति लिने निर्णय पनि कम्पनीले गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ देखि लाभांश वितरण गरेको छैन ।
त्यस अघिका वर्षहरुमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले पछिल्लो दुई वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो ।
गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले २ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्