Skip to content
Prabhu

एक महिनामा राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा २ हजारभन्दा बढीको गिरावट

काठमाडौं । पछिल्लो समय भद्रगोल अवस्थामा रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा एक महिनाको अवधिमा २ हजार रुपैयाँले गिरावट आएको छ । बीमा दाबी भुक्तानी गर्न नसक्ने, पुनर्बीमा नगर्ने तथा लेखापरीक्षण समेत गर्न नसेको कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

पुस १ गते १६ हजार ९८८ रुपैयाँ १ पैसामा कारोबार बन्द भएको यो कम्पनीको सेयर बधबार (आज) १४ हजार ७०० रुपैयाँ पुगेको छ । यो अवधिमा यो कम्पनीको सेयर मूल्यमा २ हजार २८८ रुपैयाँ १ पैसाको गिरावट आएको हो । पुस १ गतेदेखि माघ २ गतेसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्य जम्मा ३ दिन मात्रै सेयर मूल्य बढेर कारोबार भएको थियो भने अन्य दिन घटेको छ ।

२६ करोड मात्रै चुक्ता पुँजी भएको यो कम्पनीलाई पछिल्लो समय नेपाल बीमा प्राधिकरणले टेकओभर नै गर्नु पर्ने अवस्था पनि सिर्जना भएको बताइएको छ । बीमा प्राधिकरणले लेखापरीक्ष गर्नका लागि लामोसमय देखि यो कम्पनीलाई समय दिदै आएको छ ।

बीमा प्राधिकरणले तोकेको २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पनि पुर्याउनु पर्ने छ। अर्कोतर्फ कम्पनीमा गरिएको बीमाको पुनर्बीमा नगरेका कारणले पनि यसको दायित्व बढ्ने निश्चित छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal