Skip to content

माछापुच्छ्रे क्यापिटलको वार्षिकोत्सवमा लिटिल एन्जल्समा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप, आज म्बिहीबार हात्तीवन, ललितपुरस्थित लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई सेयर बजारको प्राविधिक विश्लेषण सम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारीताको बारेमा जानकारी तथा साक्षरता प्रदान गराइएको छ ।

क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाउँदै छ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

 

 

 

 

 

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T