Skip to content

आईएमई लाइफमामा रोजगारीको अवसर, शाखा र उपशाखा प्रमुखको माग

nabil bank

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातैवटा प्रदेशमा विभिन्न पदका लागि आवेदन माग गरेको छ । कम्पनीले सातै प्रदेश अन्तर्गत केही शाखा र उपशाखा कार्यालयका लागि प्रमुख पदमा कर्मचारी माग गरेको हो ।

यसका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ्ग तथा बिक्रीबजार व्यवस्थापनको क्षेत्रमा कार्यानुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले बताएको छ । साथै कम्प्यूटर सम्बन्धी दक्ष र २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

योग्य तथा इच्छुक व्यक्तिले आफ्नो बायो डाटा, नागरिकता र माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र कम्पनीको इमेल ठेगाना मार्फत् आवेदन दिनु पर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime