Skip to content

कामना सेवा बैंकको ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३३ हजार ८५२ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त सेयरमा यसअघि नै संस्थापक सेयरधनीलाई प्राथमिकता दिई बिक्रीमा राखेको थियो । तर तोकिएको म्यादसम्म सेयर बिक्री नभएपछि सर्वसाधारण व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आफूले किन्न चाहेको सेयर विवरण खुलाई ७ दिनभित्र निवेदन दिनु पर्नेछ । निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime