Skip to content

उन्नति सहकार्य लघुवित्तको साधारणसभा माघ २६ गते

nabil bank

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो साधारणसभाको मिति घोषणा गरेको छ । लघुवित्तको १० औँ वार्षिक साधारणसभा यही माघ २६ गते होटल सनस्टार इन्टरनेशनल प्रा. लि., रुपन्देही, भैरहवामा बिहान १० बजेदेखि बस्ने गरी बोलाएको हो ।

सभामा भविष्यमा अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ । त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकको निर्वाचन गरिनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा माघ १४ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime