काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १२ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।
सो सभा सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
साथै सभाले संस्थापक र सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ५१ः४९ कायम गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।






प्रतिक्रिया दिनुहोस्