Skip to content

डिस मिडिया नेटवर्कका सीइओमा तारा मानन्धर नियुक्त

nabil bank

 

काठमाडौं । डिस मिडिया नेटवर्कको नयाँ प्रमुख कार्यकारी अधिकृतक (सिइओ)मा तारा मानन्धर नियुक्त भएका छन्। २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मानन्धरले डिस मिडियामा यही वैशाख ३ गतेदेखि सिइओको रूपमा कार्यभार सम्हालेका हुन्।

यस अघि मशरेक बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतमा आफ्नो अनुभवले उच्च व्यवस्थापनमा सफल नेतृत्वदायी भूमिका निर्वाह गरेका मानन्धरले डिश मिडिया नेटवर्कको कार्यभार सम्हालेर व्यवस्थापनलाई सुदृढ बनाउँदै कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवाहरूलाई थप गुणस्तरीय बनाउनमा प्रमुख भूमिका खेल्ने कम्पनीको विश्वास छ।

विगत १३ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल छ। डिसहोमले ग्राहकहरूलाई उत्कृष्ट विभिन्न च्यानलहरूसँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले तीन वर्षअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्न अनुमति लिएको थियो। हाल नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बनेको दाबी कम्पनीको छ।

 

साथै, आगामी केही महिनामा कम्पनीले आइपीओ निष्कासन गर्ने गरी अन्तिम तयारीसमेत गरिरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime