Skip to content

सूर्योदय वोमी लघुवित्तको ३१ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी गोविन्द शर्माको नाममा रहेको ३१ हजार २६६ कित्ता सेयर बिक्रीमा राखेको छ।

संस्थाले यसअघि नै यो सेयर खरिदका लागि संस्थापकलाई समय दिइसकेकाले अब संस्थापक बाहेकका सर्वसाधारण व्यक्ति वा संघसंस्थाले मात्रै किन्न पाउनेछन्।

सेयर किन्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, ललितपुरमा वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्ने छ।

बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima