Skip to content

बैंकिङ प्रणालीबाट २१ दिनका लागि ६० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्राणालीबाट आज फेरि ६० अर्ब रुपैयाँ खिच्ने भएको छ । २१ दिन अवधिका लागि राष्ट्र बैंकले उक्त निक्षेप संकलन गर्न लागेको हो।

बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त रकम खिच्न लागेको बताएको छ । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । उक्त रकमको साँवा र ब्याज माघ २७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi