काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ५१ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५९० दशमलव १४ विन्दुमा पुगेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १७ अंकले बढेर ४३६ दशमलव ७९ विन्दुमा पुगेको छ ।
यो सेसनमा कारोबार भएका २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ४९ कम्पनीका ७ हजार ८५१ कित्ता सेयर १०० पटक खरिद बिक्री हुँदा ४६ लाख २५ हजार २१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्