Skip to content
Prabhu

११ वाणिज्य बैंकका लगानीकर्ताले दिए लाभांश, ९ बैंकका सेयरधनीको हातखाली


काठमाडौं । सेयर बजारमा पुराना लगानीकर्तालाई नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले लगानीकर्तालाई लाभांश दिन सक्दैनन् भन्नेमा विश्वास नै थिएन ।

दुवै बैंकका ठूलो लगानी भएका तर, सञ्चालक समितिमा खासै नजाने एक लगानीकर्ताले २ वर्षदेखि दुईवटा बैंकबाट हात खाली भएकोमा नै अचम्म मान्छन् ।

कुनै बेला मर्जरको तयारी गरेर अन्तिम समयमा हिमालयन बैंकको साधारणसभाबाट मर्जर भाडिएका हिमालयन बैंकले सिभिललाई एक्विजेसन गरेको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर गरेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको थियो ।

गत आर्थिक वर्षको नाफाबाट वाणिज्य बैंकहरूले लगानीकर्तालाई लाभांश घोषणा गरिसके । लाभांश दिने तथा नदिने केहीको साधारणसभासमेत सकिसकेको छ । २० वटा वाणिज्य बैंकमा योपटक ११ वटा बैंकले सेयरधनीलाई लाभांश दिएका छन् । लाभांश दिने बैंकहरूमा स्टाण्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, नेपाल एसबिआई, कृषि विकास बैंक, ग्लोबल आईएमई, लक्ष्मी सनराइजन, सानिमा, प्राइम, सिटिजन्स र सिद्धार्थ बैंक छन् ।

गत वर्ष लाभांश दिन नसकेको बैंकमा योपटक कृषि विकास बैंकले मात्र लाभांश दिन सकेको छ । गत वर्ष लाभांश दिएका बैंकहरूमा एनआईसी एसिया,माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य बैंकले सेयरधनीलाई लाभांश दिन सकेनन् । लगातार २ वर्ष लाभांश दिन नसक्ने बैंकहरूमा हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नेपाल बैंक, कुमारी र प्रभु बैंक छन् ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले दिएको लाभांशलाई हेर्दा औसत लाभांश ५.०६ प्रतिशतमा घटेको छ । यो वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा बचत खातामा दिएको औसत ब्याजदर जति थियो ।

 

बैंकमा लगानी अनुसारको प्रतिफल नआएपछि पुराना र स्थापित लगानीकर्ताले आफ्नो सेयर बिक्री गरेर बाहिरिन थालेका छन् । पछिल्लो समय बैंकमा खास गरेर संस्थापक सेयर खरिदका लागि सूचना निकै आउने गर्छ । सर्वसाधारणमा परिणत भएको सेयर दोस्रो बजारमा सहजै बिक्री गर्न सकिने भए पनि ठूलो रकमको संस्थापक सेयर बिक्रीका लागि लगानीकर्तालाई निकै असहज बन्दै भएको छ
।

स्थापनादेखि लगभग वर्षमा लाभांश दिइरहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गतवर्ष साधारणसभामा अझै २ वर्ष सेयरधनीलाई लाभांश दिन नसक्ने बताएका थिए ।

बैंकहरूमा बढ्दो खराब कर्जा खास गरेर घरजग्गा क्षेत्रमा कारोबार सुस्ताएको कारण लगानीकर्ताले पाउने लाभांश घट्दै गएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याज आम्दानी बाहेक अन्य क्षेत्रबाट हुने आम्दानी कस्दै गएको छ ।

६ वर्षमा बैंकहरुको औसत लाभांश प्रतिशत

जसले गर्दा बैंक तथा वित्तीय संस्थालाई आम्दानीको दायरा बढाउनको लागि कठिनाई हुँदै गएको छ । 

बैंक तथा वित्तीय संस्था परिसंघ(सिबिफिन)का अध्यक्ष उपेन्द्र पौडेल पछिल्लो दशकमा बैंक तथा वित्तीय संस्थाको लाभांश हरेक वर्ष घट्दो क्रममा रहेको बताउँछन् । ‘बैंकले विगतमा वर्षमा कति लाभांश दिएका थिए अहिले कति दिएका छन् त्यो तथ्यांक सार्वजनिक छ, जसमा हरेक वर्ष लाभांश घटेको देखिएको छ,’ पौडेलले भने, ‘बैंकको नाफालाई अर्बमा मात्र हेर्दा बढी समस्या भयो, लाभांश त हाम्रो १० प्रतिशतभन्दा औसतमा कम छ ।’

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्थाबाहेक अन्य सूचीकृत संस्थाको लाभांश बैंकको भन्दा बढी रहेको छ ।

बढ्दो चुक्ता पुँजी, उठ्न नसकेको ऋण तथा कतिपय संस्थाको पुँजीकोषमा परेको असरले समेत लाभांश वितरण गर्न नसक्ने अवस्था देखिएको हो ।

राष्ट्र बैंकले कुनै पनि महिना प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशतभन्दा कम भएका
बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाउने गर्छ । योपटक बैंकहरूले असारमा निकालेको अपरिस्कृत वित्तीय विवरण राष्ट्र बैंकले स्वीकृत गरेको वार्षिक वित्तीय विवरणमा नाफामा ठूलो फरक देखिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal