Skip to content
Prabhu

चार गुणाले बढ्यो एनआईसी एशिया बैंकको खराब कर्जा

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १५ करोड नाफा गरेको छ । गतवर्ष १ अर्ब ९३ करोड बैंकले नाफा गरेको थियो ।

१४ अर्ब ९१ करोड चुक्ता पुँजी भएको बैंकमा पुस मसान्तसम्म ३ खर्ब ८ निक्षेप रहेको छ भने कर्जा २ खर्ब ४५ अर्ब छ ।  बैंकमा गतवर्षको तुलनामा निक्षेप र कर्जा दुवै घटेको देखिएको छ । गतवर्ष पुस मसान्तसम्म निक्षेप ३ खर्ब ५४ अर्ब निक्षेप तथा कर्जा २ खर्ब ७१ अर्ब थियो ।

बैंकको खराब कर्जा अनुपात गतवर्षको तुलनामा चारगुणाले बढेको देखिएको छ । गतवर्ष पुस मसान्तसम्म १.१९ प्रतिशत थियो यो वर्ष ४.६१ प्रतिशत पुगेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal