काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा माछापुच्छ्रे बैंक लिमिटेडले नाफा ८० करोड भन्दा बढी नाफा कमएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ८० करोड ७३ लाख पुगेको हो । यो गत आवको सोही अवधिको भन्दा ०.२४ प्रतिशतले बढी हो ।
बैंकले गत आवको दोस्रो त्रैमासमा ८० करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा सञ्चालन नाफा बढेको र इम्पेरमेन्ट चार्ज घटेकाले नाफामा सुधार देखिएको हो । सञ्चालन नाफा गत आवमा १ अर्ब २७ करोड ९२ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १ अर्ब ६२ करोड २७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै गत आवमा २३ करोड ८५ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज १४ प्रतिशतले घटेर २० करोड ४७ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ प्रतिशतले वृद्धि भएको छ। गत आवमा २ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ पुगेको हो । बैंकको प्रतिसेयर आम्दानी ३ पैसाले बढेर १३ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २ पैसा र खराब कर्जा ४.५४ प्रतिशत रहेको छ।
चुक्ता पुँजी ११ अर्ब ६२ करोड रहेको बैंकको सेयर प्रिमियम ३ करोड, रिटेन्ड अर्निङ १६ करोड ६२ लाख र रिजर्भमा ६ अर्ब १० करोड रुपैयाँ सञ्चिति रहेको छ। ग्राहकमा प्रवाहित कर्जा १ खर्ब ३४ अर्ब ६१ करोड र निक्षेप संकलन १ खर्ब ६५ अर्ब ४८ करोड रुपैयाँ छ।






प्रतिक्रिया दिनुहोस्