काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा गरिमा विकास बैंकले ५४ कराड भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५४ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ५१ करोड २५ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२० प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७३ करोड १७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ७८ करोड ५० लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड पुगेको छ ।
पुस मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.१६ रुपैयाँ रहेको छ । चुक्तापुँजी ५ अर्ब ६८ करोड र जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको ४.७२ प्रतिशत पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्