Skip to content

गभर्नरले भने– राष्ट्र बैंक तपाईंको साथमा छ, समस्या समाधान गर्नेतिर लाग्नुहोस्

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकले आफ्नो स्थापनाको ५७ वर्ष पूरा गरी ५८औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बैंकको समग्र प्रदर्शनप्रति सन्तोष व्यक्त गर्दै महत्वपूर्ण शुभकामना दिएका छन्।

गभर्नर अधिकारीले बैंकले हालै देखाएको उत्कृष्ट व्यवस्थापकीय प्रदर्शनको प्रशंसा गरे। उनले भने, ‘बैंकको वित्तीय सूचकहरू अत्यन्तै उत्साहजनक छन्। यस वर्ष पनि बैंकले १० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको छ, जुन उल्लेखनीय कार्य हो।’

अधिकारीले बैंकभित्रका पेसागत युनियन र संगठनहरूको संयमित र सकारात्मक भूमिकाको पनि प्रशंसा गरे। ‘बैंकका समस्याहरूलाई आन्तरिक रूपमा समाधान गर्ने सोचले अगाडि बढ्नु सकारात्मक पक्ष हो’ अधिकारीले भने।

गभर्नर अधिकारीले कृषि विकास बैंकलाई नेपालको कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने बैंकका रूपमा चर्चा गरे। उनले राजस्व संकलनलाई पनि सन्तोषजनक भएको उल्लेख गर्दै बैंकले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको बताए।

गभर्नर अधिकारीले कृषि विकास बैंकलाई नेपालकै ठूलो बैंकहरूमध्ये एकका रूपमा अघि बढाउन सबैले साथ दिनुपर्ने बताए। ठूला बैंकहरूमा कहिलेकाहीँ समस्या आउनु स्वाभाविक हो।

यस्ता समस्याहरूलाई बैंकभित्र नै मिलेर समाधान गर्न आवश्यक छ। बैंकले अर्थतन्त्रको मेरुदण्डका रूपमा आफ्नो यात्रा जारी राखोस् भन्ने शुभकामना दिन्छु’ उनले आफ्नो मन्तव्यमा भने, ‘ठूलो बैंक हो । कहीँ कतै समस्या आउने स्वभाविक हो उनले भने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime