Skip to content

सानिमा बैंकद्वारा पर्सागढीका २ विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण

nabil bank

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्सागढी–५ स्थित दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको छ।

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा प्रदान गरिएको बैंकले जनाएको छ। चिसो मौसमका कारण विद्यार्थीहरुको पठनपाठनमा असर परिरहेको अवस्थामा बैंकले न्यानो लुगा वितरण गरेर सहयोग पुर्याएको हो।

कार्यक्रममा सानिमा बैंकको पर्सागढी शाखाका कर्मचारीहरूले विद्यार्थीहरूलाई लुगा हस्तान्तरण गरेका थिए। सानिमा बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरताजस्ता क्षेत्रमा सामाजिक लाभ पुग्ने कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १ सय ३४ शाखा कार्यालय र १ सय २५ एटीएम सञ्चालनमा छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi