Skip to content
Prabhu

पुस मसान्तसम्ममा कुन बैंकको प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा वाणिज्य बैंकहरुको नाफा घटेको छ । २० वटा वाणिज्य बैंकको नाफा औसत ४.६२ प्रतिशतले घटेको हो ।

नाफा घट्दा त्यसको प्रभाव प्रतिसेयर आम्दानीमा पनि परेको छ । वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी हुने बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक हो । यो बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै ३२ रुपैयाँभन्दा माथि प्रतिसेयर आम्दानी हुन् अको बैंकको एभरेष्ट बैंक । यो बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ०६ पैसा रहेको छ । यी दुईवटा बैंक बाहेक अरू बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ भन्दा कम नै रहेको छ । केही बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँसम्म रहेको छ ।

यो अवधिमा सबैभन्दा कम प्रतिसेयर आम्दानी हुने बैंक एनआईसी एसिया बैंक हो । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै कुमारी बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ १ पैसा रहेको छ । पुस मसान्तसम्मको विवरणअनुसार नविल बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०५ पैसा रहेको छ भने ग्लोबल आईएमी बैंकको १६ रुपैयाँ ०२ पैसा रहेको छ । यी दुई बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकसमेत हुन् । नाफा धेरै कमाउनेको पहिलो स्थानमा नविल छ भने दोस्रोमा ग्लोबल आइएमई रहेको छ ।

यो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६० पैसा, एनएमबि बैंकको २१ रुपैयाँ ८२ पैसा र कृषि विकास बैंकको ११ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै प्राइम कमर्सियल बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २८ पैसा, नेपाल एसबिआई बैंकको १७ रुपैयाँ २५ पैसा, सानिमा बैंकको १७ रुपैयाँ ६१ पैसा र सिटिजन्स बैंकको ८ रुपैयाँ ९६ पैसा पुगेको छ ।

पुस मसान्तसम्मा माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा, नेपाल बैंकको ६ रुपैयाँ २७ पैसा, सिद्धार्थ बैंकको ७ रुपैयाँ ५० पैसा, लक्ष्मी सनराइजको ९ रुपैयाँ ५० पैसा र हिमालयन बैंकको १४ रुपैयाँ ०३ पैसा रहेको छ । पुस मसान्तसम्मा प्रभु बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ३५ पैसा र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा रहेको छ ।

कुनै पनि सेयर लगानीकर्ताका लागि कम्पनीको नाफाभन्दा प्रतिसेयर आम्दानी महत्वपूर्ण हुन्छ । प्रतिसेयर आम्दानीकै आधारमा लगानीको प्रतिफल अनुमान गर्न सकिन्छ । लगानीमा एक कित्ता सेयरले गरेको आम्दानीलाई प्रतिसेयर आम्दानी (ईपीएस) ले जनाउँछ । प्रतिसेयर आम्दानीलाई नाफाले मात्रै नभई कम्पनीले जारी गरेको सेयर संख्याले समेत प्रभाव पार्छ ।

तसर्थ नाफा धेरै हुँदैमा कम्पनीको प्रतिसेयर आम्दानी धेरै नहुन सक्छ भने नाफा न्यून हुँदा पनि कम्पनीको प्रतिसेयर आम्दानी धेरै हुन सक्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal