Skip to content

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई कम्पनीमा ५ खर्ब डलर लगानी गर्ने घोषणा

काठमाडौं। डोनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको शपथ लिएसँगै नयाँ कम्पनीमार्फत कृत्रिम बौद्धिकता (एआई) पूर्वाधारमा ५ खर्ब डलर लगानी गर्ने घोषणा गरेका छन्।

ट्रम्पको घोषणासँगै आईटी क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हुन लागेको विश्वास गरिएको छ। ‘स्टारगेट’ नामक यो उद्यम अमेरिकी डाटा सेन्टरमा प्रविधि कम्पनीले महत्वपूर्ण लगानी हुनेछ। ती कम्पनीले एआईको पूर्वाधार विकासमा आर्थिक सहयोग गर्ने योजना बनाएका छन्।

परियोजना टेक्सासमा बनिरहेका १० वटा डेटा सेन्टरबाट सुरु हुने भएको हो। ट्रम्पले मंगलबार ह्वाइट हाउसमा ओर्याकलका प्रमुख प्राविधिक अधिकृत ल्यारी एलिसन, सफ्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मासायोशी सन र ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँगै पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन्। सो कम्पनीले १ लाख जनालाई रोजगारी दिने विश्वास गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima