काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा लघुजीवन बीमा कम्पनीको व्यवसाय ५१ करोड भन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको पुस महिनाको विवरणअनुसार लघु निर्जीवन बीमा कम्पनीको व्यवसाय ५१ करोड २९ लाख रुपैयाँ पुगेको हो ।
प्राधिकरणका अनुसार लघु निर्जीवन बीमा कम्पनीहरुमा सबै भन्दा धेरै व्यवसाय गर्न सफल कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ । यो कम्पनीले पुस मसान्तसम्ममा २० करोड २० लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । त्यसैगरी दोस्रोमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले १८ करोड ६४ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेको छ ।
त्यस्तै लिवर्टी माइक्रो लाइफले यो अवधिमा १२ करोड ४५ लाख रुपैयाँबराबरको बीमा व्यवसाय गरेको छ । यस अवधिसम्ममा तीनवटै कम्पनीहरूको कुल सक्रिय रहेको बीमालेखको संख्या ६ लाख ६९ हजार २४४ वटा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्