Skip to content
Prabhu

सेयर बजार हरियाली हुँदा यी दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसिूचमा हरियाली छाएको छ । सेयर बजार उच्च अंकले बढेको दिन १९६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमध्ये दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १५९ रुपैयाँ ८० पैसाले बढेर १ हजार ७५७ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै दोल्ती पावर कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ १० पैसाले बढेर ९२५ रुपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा ग्रिन डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रोसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र उपर मादी हाइड्रोपावर रहेका छन् । ग्रिन डेभलपमेन्टको सेयर मूल्य आज १२५ रुपैयाँले बढेर १ हजार ३९८ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.८१ प्रतिशतले धेरै हो ।

त्यस्तै हाइड्रो इलेक्ट्रीसिटिको सेयर मूल्इ ८.४८ प्रतिशत अर्थात् २० रुपैयाँ १० पैसाले बढेर २५७ रुपैयाँ पुगेको छ । आजको कारोबार बन्द हुँदा उपर मादी हाइड्रोको सेयर मूल्य १०५ रुपैयाँले बढेर १ हजार ३८६ रुपैयाँ पुगको छ । यो अघिल्लो दिनको भन्दा ८.२० प्रतिशतले धेरै हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal