काठमाडौं । बुधबार सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । कारोबार रकमसमेत बढेको दिन ३७ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
३७ कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा बाराही हाइड्रोपावर कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्यमा ८.२१ प्रतिशतको गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा प्रतिकित्ता ९३ रुपैयाँले घटेर १ हजार ४० रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा बिओके डिबेन्चर २०८६, रिभर फल्स पावर लिमिटेड, हिमालयन बैंक लिमिटेड बण्ड २०८६ र विन नेपाल लघुवित्त छन् ।
आजको कारोबार बन्द हुँदा बिओके डिबेन्चरको सेयर मूल्य ८३ रुपैयाँ २० पैसाले घटेर १ हजार ११५ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.९६ प्रतिशतले कम हो । त्यस्तै आजको कारोबार बन्द हुँदा रिभर फल्स पावरको सेयर मूल्य ५.६२ प्रतिशत अर्थात् ६८ रुपैयाँले घटेर १ हजार १४१ रुपैयाँ पुगेको छ ।
त्यस्तै आज हिमालयन बैंक बण्डको सेयर मूल्य ३५ रुपैयाँ ३० पैसाले घटेर १ हजार १४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.९९ प्रतिशतले कम हो । विन नेपाल लघुवित्तको सेयर मूल्यमा आज ७९ रुपैयाँ ९० पैसाको गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य आजको कारोबार बन्द हुँदा २ हजार ७६१ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.८१ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्