काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा दुरुपयोग गरेको आरोपमा १५ वटा विकास बैंक र फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)लाई कारवाही गरेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार विकास बैंक र फाइनान्स कम्पनीले कालोसूचिमा परेका व्यक्तिलाई कर्जा दिएको देखि लिएर कर्जा दुरुपयोग समेत गरेको भेटिएको छ ।
राष्ट्र बैंकका अनुसार लुम्बीनी विकास बैंक,महालक्ष्मी विकास बैंक,कामना सेवा विकास बैंक,मुक्तीनाथ विकास बैंक,सालपा विकास बैंक, गरिमा विकास बैंक
सप्तकोशी डेभलपमेण्ट बैंक कारवाहीमा परेका हुन् ।
फाइनान्स कम्पनीमा समृद्धि फाइनान्स, पोखरा फाइनान्स,प्रोग्रेसिभ फाइनान्स
आइ.सि.एफ.सि फाइनान्स,जानकी फाइनान्स कम्पनी,सेन्ट्रल फाइनान्स रिलायन्स फाइनान्स र गुडविल फाइनान्स रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्