Skip to content
Prabhu

भारतमा सिमकार्डको भ्यालिडिटीमा नयाँ नियम, नेपालका लागि पनि हुनसक्छ सिकाइ

एजेन्सी । भारतको दूरसञ्चार क्षेत्रको नियामक निकाय टेलिकम रेगुलेटरी अथ्योरिटी अफ इन्डिया (टिआरएआई)ले सीमकार्डको भ्यालिडिटीबारे नयाँ नियम लागू गरेको छ । नयाँ नियम जियो, बीएसएनएल, एयरटेललगायतका कम्पनीका लागू हुनेछ ।
global
अर्घाखाँची सिमेन्ट
नयाँ नियमअनुसार टेलिकम कम्पनीका उपभोक्ताले सिम कार्ड सक्रिय राख्नका लागि न्यूनतम रिचार्ज प्लानको आवश्यकता पर्दैन । उनीहरुले  मासिक रुपमा २० रुपैयाँ भारु ब्यालेन्स राखे पुग्छ । यसबाट उपभोक्ताले ३० दिनको भ्यालिडिटी पाउनेछन् ।
यसअघि कुनै पनि सिम कार्ड सक्रिय राखिराख्नका लागि प्रयोगकर्ताले हरेक महिना न्यूनतम रिचार्ज गर्नुपर्ने प्रावधान थियो । तर अब यस्तो हुने छैन । न्यूनतम रिचार्ज प्लानका लागि प्रयोगकर्ताले २८ दिनका लागि लगभग एक सय ९९ भारु खर्चनुपर्ने अवस्था थियो । कम्पनीहरुले पनि केही सस्ता विकल्पहरू पनि उपलब्ध गराउँदै आएका थिए । तर अब यस्तो आवश्यकता हुनेछैन ।
टिआरएआईले ल्याएको नयाँ नियमले टेलिकम प्रयोगकर्ताहरूलाई ठूलो राहत दिनेछ । यस नियमअन्तर्गत उपभोक्ताले आफ्नो सिम कार्डलाई सक्रिय राख्न आफ्नो खातामा न्यूनतम प्रिपेड ब्यालेन्स राखे पुगछ । यो न्यूनतम प्रिपेड ब्यालेन्स केवल २० भारु हो । यदि मोबाइलमा उक्त रकम छ भने ९० दिनपछि पनि सीम सक्रिय रहनेछ । तर, यसका केही सर्तहरू पनि छन् ।
टेलिकम रेगुलेटरी अथरिटी अफ इन्डिया अटोमेटिक नम्बर रिटेन्सन स्किम’ लागू गरेको हो । यदि उपभोक्ताले कुनै पनि डेटा, भ्वाइस, एसएमएस वा अन्य सेवा प्रयोग गर्दैननन् र कुनै रिचार्ज पनि गर्दैनन् भने, सिम कार्ड ९० दिनपछि निष्क्रिय हुन्छ । त्यसपछि टेलिकम अपरेटरले उक्त नम्बरलाई अर्को प्रयोगकर्तालाई पुनः वितरण गर्न सक्छन् ।
तर अब यो स्थितिबाट जोगिनका लागि खातामा कम्तीमा २० भारु भए पुग्छ । मानौं ९० दिनसम्म तपाईंले कुनै पनि कल, डेटा वा एसएमएस सेवा प्रयोग गर्नुभएन भने २० भारु खाताबाट कटौती गरिनेछ र तपाईंको सिम कार्डको भ्यालिडिटी ३० दिनका लागि बढ्नेछ ।
ब्यालेन्स नभए के हुन्छ?
यसपछि, अर्को ३० दिनपछि पुनः २० भारु कटौती गरिनेछ र भ्यालिडिटी थपिनेछ । यो प्रक्रियाखातामा पैसा रहुन्जेल चलिरहनेछ । अर्थात्, तपाईं आफ्नो सेकन्डरी सिम कार्डलाई मासिक केवल २० भारुको लागतमा सक्रिय राख्न सकिनेछ ।
यदि खातामा ब्यालेन्स छैन भने, तपाईंलाई १५ दिनको ग्रेस पिरियड प्रदान गरिनेछ । ती १५ दिनभित्र पनि रिचार्ज नगरेमा सिम कार्ड निष्क्रिय हुनेछ ।
तर यहाँ एउटा कुरा ध्यान दिनुपर्छ कि २० भारु ब्यालेन्सको कारणले सिम सक्रिय रहनेछ । यसको सम्बन्ध इनकमिङ र आउटगोइङ कल, एसएमएस र अन्य सेवाहरूको भ्यालिडिटीसँग छैन । अर्थात्, २० भारुले सिम कार्ड सक्रिय रहनेछ, तर सेवाहरू प्राप्त हुनेछैन । टेलिकम कम्पनीहरूले न्यूनतम रिचार्ज नगरेको अवस्थामा ओटीपी र इनकमिङ कलको सुविधा पनि बन्द गरिदिनेछन् । यस्तोमा उपभोक्ताले सेवा प्रयोग गर्नका लागि थप रकम खर्चनुपर्ने हुन्छ । यसबाट टेलिकम कम्पनीहरुको पनि आम्दानी बढ्नेछ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal