काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनामा जीवन बीमा कम्पनीहरुले १४ अर्बभन्दा माथिको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा ठूला जीवन बीमा कम्पनीहरुलो पुस महिनासम्ममा १४ अर्ब ९२ करोड २० लाख रुपैयाँ बीमा शूल्क संकलन गरेका हुन् ।
प्राधिकरणको तथ्यांकअनुसार पुस महिनामा पाँच जीवन बीमा कम्पनीको व्यवसाय अर्बभन्दा माथि रहेको छ । बाँकी कम्पनीले भने करोडको व्यवसाय गर्न गरेका छन् । पुस महिनामा सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीको शीर्ष स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्ससहित नेसनल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल, हिमालयन र सूर्यजेति लाइफल १ अर्बभन्दा बढीको बीमा शुल्क संकलन गरेका छन् । पुस महिनामा नेपाल लाइफले कुल ३ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, पुस महिनामा एलआईसी नेपालले १ अर्ब ७९ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा नेसनल लाइफले १ हर्ब ६२ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै पुस महिनामा अर्ब माथिको व्यवसाय गरेको हिमालय लाइफले १ अर्ब ५३ करोड ९४ लाख रु सूर्यज्योति लाइफले १ अर्ब ६ करोड ८९ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै पुस महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीले ५१ करोड ६३ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । त्यस्तै मेट लाइफले ५३ करोड ६५ लाख, एसियन लाइफको ८५ करोड ८१ लाख रुपैयाँ र आइएमई लाइफले ५४ करोड ५१ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । पुस महिनामा सन नेपाल लाइफले ४२ करोड ७५ लाख, रिलायबल नेपाल लाइफले ४६ करोड ३४ लाख, सिटिजन लाइफको ७२ करोड ८१ लाख, सानिमा रिलायन्स लाइफको ६४ करोड २९ लाख र प्रभु महालक्ष्मी लाइफले ४८ करोड ४७ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेका छन् ।
पुस महिनामा जीवन बीमा कम्पनीहरुले ४ लाख ३३ हजार २३१ वटा बीमालेख जारी गरेका छन् । उक्त बीमालेखबाट उक्त रकम बराबरको व्यवसाय गर्न सफल भएका हुन् ।






प्रतिक्रिया दिनुहोस्