Skip to content

निर्जीवन बीमा कम्पनीको व्यवसाय: पुस मसान्तसम्म २१ अर्ब बीमा शुल्क संकलन

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्मा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २१ अर्बमाथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको पुस महिनासम्मको विवरणअनुसार १४ ठूला निर्जीवन र ४ वटा लघु निर्जीव बीमा कम्पनीहरुको व्यवसाय २१ अर्ब ३० करोड ६५ लाख बढी पुगेको हो ।

दोस्रो त्रैमाससम्मको अवधिमा १४ ठूला निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् भने लघु बीमा कम्पनीहरुले ४२ करोड २९ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

यस अवधिमा सबैभन्दा बढी बीमा व्यवसाय गर्नेको शीर्ष स्थानमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले पुस मसान्तसम्मको अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै पुस मसान्तसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले पनि २ अर्ब १३ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएको छ ।

पुस महिनासम्मको अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ९ करोड ३२ लाख रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्स कम्पनीले ६२ करोड १९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड ५१ लाख, प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड ७० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ७१ करोड ८४ लाख र सानिमा जिआईसीले १ अर्ब १९ करोड ३१ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् ।

पुस मसान्तसम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ७३ करोड ७१ लाख रुपैयाँको व्यवसाय गरेको छ भने युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड ३७ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै लघु निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्सले १२ करोड ४१ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १० करोड ३७ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ९ करोड ८२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९ करोड ६८ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime