काठमाडौं । बिहीबारको कारोबार जारी रहँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको करोबार जारी रहँदा दिउसो साढे २ बजेको समयमा यो कम्पनीको सेयर मूल्यमा सर्किट लागेर कारोबार बन्द भएको हो ।
यो कम्पनीको सेयर मूल्य १७५ रुपैयाँ ७० पैसाले बढेर १ हजार ९३३ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने घटेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार परिसूचक १८ दशमलव ३६ अंकले घटेर २६४७ दशमलव ०८ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ६ अर्ब १८ करोड भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्