काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन भएको छ । अघिल्ला ४ दिन नै बढेको सेयर बजार आज भने घटेर बन्द भएको हो ।
यो साताको पहिलो दिनदेखि नै बढेको सेयर बजारमा आज ११ दशमलव १० अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६५४ दशमलव ३५ विन्दुमा पुगेको छ । अघिल्लो दिन भने नेप्से ५२ अंकले बढेको थियो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९९ अंकले घटेर ४४६ दशमलव ८१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये २ वटाको सेयर मूल्य मात्रै बाढेका छ भने बाँकी ११ वटको सेयर मूल्य राताम्य भएर बन्द भएको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्प्नीका १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर ८४ हजार ७ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्