काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये ८६ वटा कम्पनीको मात्रै सेयर मूल्ल बढेको दिन आज ३ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबार बन्द हुँदा सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिलेक्स हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी तीनवटै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । आज सामुदायिक लघुत्तिको सेयर मूल्य १९९ रुपैयाँ ८० पैसाले बढेर २ हजार १९७ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १७५ रुपैयाँ ७० पैसाले बढेर १ हजार ९३३ रुपैयाँ ५० पैसा र सिलेक्स हाइड्रोको सेयर मूल्य ९१ रुपैयाँ ५० पैसाले बढेर १ हजार ६ रुपैयाँ ५० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक र धौलागिरी लघुवित्त छन् । आज सप्तकोशीको सेयर मूल्य ९.८९ प्रतिशत अर्थात् १३५ रुपैयाँले बढेर १ हजार ५०० रुपैयाँ पुगेको छ । आज धौलागिरीको सेयर मूल्य १८७ रुपैयाँले बढेर २ हजार ८७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.८४ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्