Skip to content
Prabhu

सेयर बजार घटेको दिन सुपर मादी र मन्दाकिनी हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । बिहीबार सेयर बजारमा ११ अंकले घटेर बन्द भयो । कारोबार रकममा पनि गिरावट आएको दिन १५० कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको थियो ।

घट्का कम्पनीमध्ये आज २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आज सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो । आज सुपर मादीको सेयर मूल्य १३८ रुपैयाँ ६० पैसाले घटेर १ हजार २४७ रुपैयाँ ४० पैसा पुगेको छ भने मन्दाकिनी हाइड्रोको सेयर मूल्य १०८ रुपैयाँ ८० पैसाले घटेर ९७९ रुपैयाँ २० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा जानकी फाइनान्स, पोखरा फाइनान्स र नेपाल फाइनान्स छन् । आज जानकी फाइनान्सको सेयर मूल्य ३८ रुपैयाँले घटेर ४७१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.४७ प्रतिशतले कम हो । त्यस्तै पोखरा फाइनान्सको सेयर मूल्य पनि आज २२ रुपैयाँ ९० पैसाले घटेर ३७६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ५.७६ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा नेपाल फाइनान्सको सेयर मूल्य ४.८७ प्रतिशत अर्थात् ३८ रुपैयाँले घटेर ७४३ रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal