Skip to content

मेटलाइफ र इयर केयर नेपालबीच सम्झौता, १० हप्ताको ‘स्कुल इयर हेल्थ कार्यक्रम’ सञ्चालन गर्ने

काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपालसँग मिलेर काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयका २ हजार ४ सय विद्यार्थीलाई लक्षित गर्दै १० हप्ताको ‘स्कूल इयर हेल्थ कार्यक्रम’ गर्ने भएको छ।

उक्त कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालय जाने बालबालिकामा कानसम्बन्धी समस्याको पहिचान, रोकथाम र सचेतना बढाउने उद्देश्य रहेको मेट लाइफले जानकारी दिएको छ।

इयर केयर नेपालका विशेषज्ञहरूले ८ देखि १० विद्यालयहरूमा बालबालिकाको कान परीक्षण गर्ने छन्। पोर्टेबल अडियोग्राम मेशिनद्वारा श्रवण परीक्षण गरिने र सामान्य समस्याको उपचार तुरुन्तै हुने जनाएको छ। जटिल केसहरूलाई भने थप उपचारका लागि सिफारिस गरिने र विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई कानको स्वास्थ्यबारे जानकारी दिने विशेष सामग्रीमार्फत् श्रवण स्वास्थ्य शिक्षा प्रदान गरिनेछ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘हामी यस महत्त्वपूर्ण पहलमा इयर केयर नेपालसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं। यस कार्यक्रमले कान र श्रवणलाई गम्भीर रूपमा सम्बोधन गरेर बालबालिकाको स्वास्थ्य र कल्याणमा सुधार गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ।

स्वास्थ्य समस्याहरू नियन्त्रण गर्दै, हामीले दिगो प्रभाव सिर्जना गर्न सक्छौं र हाम्रो समुदायको लागि स्वस्थ भविष्य बनाउन मद्दत गर्न सक्छौं।’

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो। नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ

त्यस्तै सन् २०१३ मा स्थापना भएको इयर केयर नेपालले विद्यालयमा आधारित कानको स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस संस्थाले परीक्षण, उपचार र निःशुल्क शल्यक्रियामार्फत कानको समस्या समाधान गर्न सहयोग पुर्याउँदै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T