Skip to content

गरिमा विकास बैंकको थ्रीडी सेक्युअर ई–कमर्स सेवा सुरु

काठमाडौं। गरिमा विकास बैंकले डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत सीधै रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लेटफर्ममार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रीडी सेक्युअर ई–कमर्स सेवा सुरु गरेको छ।

यस्तो सेवा सुचारु गर्न चाहने बैंकका डेबिट तथा क्रेडिट कार्डहोल्डरले कार्डमा ई–कमर्स सुविधा सुचारु गर्न सक्नेछन्, जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानी अनुभव गर्न सकिनेछ।

अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकको बैंकमा रजिस्टर गरिएको मोबाइल नम्बरमा ओटिपी जाने व्यवस्था मिलाइएकाले कारोबार थप सुरक्षित हुने विश्वास बैंकको छ।

हाल बैंकले देशभर १ सय २३ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima