Skip to content

सरकारी कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी एड्भाइजरी जारी, ३ महिनामा पासवर्ड फेर्नुपर्ने

nabil bank

काठमाडौं । वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्न सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी ८ पन्ने एडभाइजरी जारी गरेको छ।

सरकारी साइटहरूको सुरक्षा प्रणाली कमजोर रहेको विषयमा बारम्बार आलोचना भइरहेका बेला, केन्द्रले कर्मचारीहरूको साइबर सुरक्षा सुनिश्चित गर्नका लागि यो एडभाइजरी जारी गरेको हो।

एडभाइजरीमा सरकारी कार्यालयका वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज र नेटवर्कको सुरक्षासम्बन्धी २१ बुँदे निर्देशन दिइएका छन्। यसमा डाटाको नियमित ब्याकअप राख्ने, अर्काइभ गर्नका साथै बिजनेस कण्टिन्युइटी प्लान तयार गर्न र लागू गर्न, जेन्युन लाइसेन्स भएका हार्डवेयर र सफ्टवेयर प्रयोग गर्ने, पासवर्ड बलियो राख्ने र प्रत्येक तीन महिनामा पासवर्ड परिवर्तन गर्ने जस्ता विषयहरू समेटिएका छन्।

साथै, एडभाइजरीमा सोर्स कोड अद्यावधिक गरेर सुरक्षित राख्ने, इमेल र अन्य सूचना प्रविधि प्रणालीहरूमा मल्टी(फ्याक्टर अथेन्टिकेसनको प्रयोगलाई प्रोत्साहन गर्ने जस्ता उपायहरूको पनि सिफारिस गरिएको छ। सामाजिक सञ्जाल चलाउँदा सावधानी अपनाउने र मोबाइल सुरक्षा सम्बन्धमा संवेदनशील छलफलमा सहभागी हुँदा मोबाइल बन्द गर्ने वा सुरक्षित स्थानमा राख्ने जस्ता अतिरिक्त सुरक्षाका उपायहरू पनि एडभाइजरीमा समेटिएका छन्।

केन्द्रले ८ माघमा जारी गरेको एड्भाइजरीमा वेबसाइट, एप्लिकेसन, नेटवर्क, डेटा सुरक्षाका लागि अपनाउनुपर्ने कदमहरू समावेश छन्  । यो एड्भाइजरीले सरकारी कर्मचारीहरूलाई साइबर सुरक्षा मामिलामा सजग बनाउने र सुरक्षासम्बन्धी जोखिमलाई न्यूनतम बनाउने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime