काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेर बन्द भएको छ । आजको उक्त सेसनमा नेप्से परिसूचक १ दशमलव ६३ अंकले घटेको हो ।
आजको यो सेसन पछि नेप्से परिसूचक २६४२ दशमलव ३० विन्दुमा पुगेको छ । त्यस्तै यो सेसनमा सेन्सटिभ इन्डेक्स पनि ० दशमलव ०१ अंकले घटेर ४४३ दशमलव ५९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ वटै कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ६५ कम्पनीका १५ हजार ६२१ कित्ता सेयर १४६ पटक खरिद बिक्री हुँदा १ करोड ५ लाख ७२ हजार ५४० रुपैयाँ बराबरको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्