काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहदा न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्यान्ह साढे १२ बजेको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ५८ रुपैयाँ ५० पैसाले बढेर ६४३ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएमा उक्त कम्पनीमा सर्किट लागेर कारोबार बन्द हुन्छ ।
यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ६ दशमलव १३ अंकले बढेर २६५० दशमलव ०७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्