Skip to content

२१ दिनका लागि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ उठाउने भएको छ । पछिल्लो समय लगातार जसो तरलता प्रशोचन गरिरहेको केन्द्रीय बैंकले २१ दिनको लागि उक्त रकम खिच्न लागेको हो ।

आज उठाउने ३० अर्ब रुपैयाँको साँवा र ब्याज राष्ट्र बैंकले फागुन ६ गते फिर्ता गर्नेछ। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निः शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबै भन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime