Skip to content

लघुबित्त वित्तीय संस्थामा ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्था : ऋणीको पुनरूत्थान गर्न कार्यविधि बनाइ लागु गर्नुपर्ने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका ग्राहकका लागि लघुबित्त वित्तीय संस्थामा ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले २०८१ पुस २३ मा वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ जारी गरेर लघुबित्त बित्तिय संस्थाको ग्राहक हितको व्यबस्था गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको ग्राहक हितको ब्यबस्था अनुसार लघुवित्त बित्तिय संस्थाले कर्जाको प्रोडक्ट पेपरमा अनिवार्य रूपमा नेपाली भाषा र आवश्यकताअनुसार स्थानीय भाषामा समेत ब्याजदर, सेवा शुल्क, कर्जाको भुक्तानी अवधि कर्जाका सर्तहरू लगायतको सूचना सार्वजनिक जानकारीको लागि सहज रूपमा उपलब्ध गराउ पर्नेछ ।

ऋनीले काबुबाहिरको परिस्थितिले गर्दा ऋण भुक्तानी गर्न समस्यामा परेका ऋणीहरू पहिचान गर्न र त्यस्ता ऋणीहरूको पुनरूत्थान गर्न संस्थाले कार्यविधि तयार गरी वा प्रणालीको विकास गरी सोको कार्यान्वयन गर्नु पर्नेछ ।

ग्रहकलाई ऋण प्रवाह गर्दा पूर्ण विवरण भरिएको तमसुक तथा कागजातबाहेक अन्य कुनै पनि खाली कागजातहरूमा हस्ताक्षर गराउनु ÷ गराई राख्न पाइने छैन । कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवाशुल्क बाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतको रूपमा राख्नु हुँदैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime