Skip to content

अब नेपालमा मोट्रेक्सले गाडी उत्पादन नगर्ने

nabil bank

काठमाडौं । नेपालमा करिब ८ अर्ब ३ करोडको लागतमा एसेम्बल प्लान्ट खोलेर चारपाङ्ग्रे सवारी साधन उत्पादन गर्ने सम्झौता गरेको अटोमेकर मोट्रेक्स नेपालबाट बाहिरिने भएको छ ।

कोरियाली कम्पनीले सन् २०१९ डिसेम्बर ११ मा लगानी बोर्डसँग सम्झौता गरेको थियो । तर, ५ वर्ष पछि कम्पनी परियोजना अघि नबढाउने अवस्थामा पुगेको हो ।

प्रारम्भिक सम्झौताअनुसार बोर्डसँग मोट्रेक्सले सुरुमा इन्धनबाट चल्ने सवारी उत्पादन गर्ने र २०३० भित्र विद्युतीय चारपाङ्ग्रे सवारी उत्पादन गर्ने सम्झोता गरेको थियो । सरकारले नै विद्युतीय सवारी उत्पादन वा एसेम्बल गर्न प्रोत्साहन गर्ने नीति लिएपछि उक्त कम्पनीले अन्तशुल्क र भन्सारमा छुटको माग गरेको थियो ।

यी दुवै सुविधा दिने विषयमा सरकारसँग सहमति हुन नसकेपछि उक्त कम्पनी नबाहिरिन लागेको हो । नेपालमा हुन्डाइ र कियाका गाडी उत्पादन तथा एरेम्बल गर्ने गरि लगानीका लागि प्रारम्भिक सम्झौता गरेको कम्पनी पछिल्लो समय हुन्डाईको आधिकाकिर बिक्रेता लक्ष्मी ग्रुपले नेपालमा नै चार पांग्रे सावरीको एसेम्बल प्लान्ट सञ्चालनमा लाएकाले पनि बाहिरिने अवस्थामा पुगेको हो ।

खासै उपलब्धिमूलक नदेखिएको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरू कर छुट दिनबाट पन्छिएका हुन् । करको विषय नसल्टिएसम्म मोट्रेक्सले अरु प्रक्रिया अगाडि नबढाउने जनाउ लगानी बोर्डलाई दिएको थियो । त्यसपछि सम्झौताकै चरणसम्म पुग्न लागेको प्रक्रिया पुनः रोकिएको थियो ।

मागअनुसारको सेवा सुविधा नेपाल सरकारले दिए प्लान्ट लगाउन तयार रहेको बताएको मोट्रेक्सले सञ्चालनमा आएको पहिलो वर्ष ५ हजार ८२०, दोस्रो वर्ष ९ हजार ५३०, तेस्रो वर्ष १५ हजार ८० र चौथो वर्षबाट वार्षिक २० हजारवटा सवारीसाधन उत्पादन दाबी पेस गरेको थियो ।

यस्ता थिए मोट्रेक्सले राखेका १३ सर्त

१. सात वर्षसम्म समान प्रकारका अन्य उद्योगलाई लाइसेन्स जारी गर्न नपाउने साथै सात वर्षपछि लाइसन्स दिएमा पनि कम्तिमा १० करोड डलरको सतप्रतिशत विदेशी लगानीलाई मात्र दिन पाउने।

२. कर्पोरेट ट्याक्स, डिभिडेन्डमा ट्याक्स तथा भ्याटमा ५ वर्ष पूर्ण छुटको व्यवस्था गर्नु पर्ने।

३. बिजुली र अन्य आवश्यक सामग्रीमा छुटको व्यवस्था गर्नु पर्ने।

४. औद्योगिक क्षेत्रभित्र लाग्ने भाडामा छुटको साथै पहिलो २ वर्षको भाडामा पूर्ण छुट दिनु पर्ने।

५. सहायक कम्पोनेन्टहरू (पाटपुर्जा,उपकरण तथा विधुतीय सामग्री) उत्पादन उद्योग राख्नका लागि सोही लाइसन्समा अनुमति दिनुपर्ने।

६. सम्भावित लकानीकर्ताका साथै रिसर्च तथा सम्भाव्यता अध्ययनका लागि ६ महिनाको नन्टुरिस्ट भिसा दिनु पर्ने। साथै विदेशी लगानीकर्ता र तिनका परिवार तथा विदेशी कामदारहरूलाई उनीहरूको लगानी रहेसम्म कमर्सियल भिसाको व्यवस्ता गरिनु पर्ने।

७. प्लान्टका लागि बाटो, बिजुली तथा पानीको व्यवस्था सरकारवाट हुनु पर्ने।

८. पुँजीगत सामाग्रीहरू मेसिनरी, प्लान्ट, इक्युपमेन्टलगायत सामानको आयातमा पूरा भन्सार छुटको व्यवस्थाका साथै, उक्त सामाग्रीहरू परिवर्तन गर्दा भन्सार दरमा छुटको व्यवस्था गर्नु पर्ने।

९. प्लान्ट निर्माणका क्रममा मोट्रेक्स नेपाललाई दिइएको कोटामा पूर्ण निर्मित वस्तुको आयातमा भन्सार दरमा छुटको व्यवस्था गर्नु पर्ने।

१०. व्यापारिक कार्यका लागि जमिन खरिद गर्ने व्यवस्था तथा सम्पत्ति तथा अन्य करहरूमा पूर्णछुट हुनु पर्ने।

११. ट्रेनिङ र रिसर्च तथा डेभलपमेन्ट फेसिलिटीमा कर छुटको व्यवस्था हुनु पर्ने।

१२. सरकारले अत्यावश्यक उद्योगका रुपमा तोक्नु पर्ने।

१३. विदेशी कामदारका तलब, भत्ता तथा अन्य आम्दानीहरू विदेशी मुद्रामा उनीहरूको देशमा लान पाउने व्यवस्था गरिनुपर्ने।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime