Skip to content

धितोपत्र बोर्डले एभरेष्ट बैंकलाई ३ अर्बको ऋणपत्र जारी गर्न दियो अनुमति

nabil bank

काठमाडौं । एभरेष्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति दिएको छ ।

बैंकले ‘एभरेष्ट बैंक डिबेन्चर–२०९१’ जारी गर्ने अनुमति पाएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख एकाइ ऋणपत्र निष्कासन गर्ने छ।

कुल एकाइमध्ये बैंकले १८ लाख एकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्काशन गर्नेछ। बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५० प्रतिशत ब्याज पाउनेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi