Skip to content

ग्लोबल आइएमई लघुवित्तको १४७ प्रतिशतले बढ्यो नाफा

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ११ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ४ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा १४७.४२ प्रतिशतको बढोत्तरी भएको छ।

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १४७.३३ प्रतिशतले बढेर १६ करोड ९० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ६ करोड ८३ लाख रुपैयाँमा सीमित थियो।

दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी ३५ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी २८ करोड ६३ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा २२.४७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ रहेको छ। संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.१० प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ४.२१ प्रतिशत थियो। संस्थाले २ करोड ७६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भमा ६२ करोड २लाख रुपैयाँ छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा ४८ करोड ८ लाख रुपैयाँ थियो। रिजर्भको आकार २९.२१ प्रतिशतले बढेको छ।

समीक्षा वर्षसम्म संस्थाले ३ अर्ब ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले ३ अर्ब ७ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ५० करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३८.२४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.४६ रुपैयाँ थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime