काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ ।
काठमाडौँमा बिहीबार आयोजना गरिएको समारोहमा सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६ अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका हुन् ।
ग्यालेक्सी एस २५+ सिरिजको प्रि–अर्डर अफर आजदेखि सुरु भएको छ । यो फागुन १ गतेसम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस २५ अल्ट्रा खरिद गर्दा १२/२५६ जीबीबाट १२/५१२ जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो, जसको मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँ रहेको छ, मात्र १४ हजार ९ सय ९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् र साथै, ३ हजार ३ सय ९९ रुपैयाँ मूल्य रहेको सिलिकन कभर पनि १,५०० रुपैयाँमा प्राप्त गर्न सक्ने छन् ।
ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले ३१ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको ग्यालेक्सी बड्स ३ प्रो १४ हजार ९ सय ९९ रुपैयाँमा र ३ हजार ३ सय ९९ रुपैयाँ मूल्य रहेको सिलिकन कभर पनि १,५०० रुपैयाँमा प्राप्त गर्न सक्ने छन् ।
सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको १ वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ । यसैगरी, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले सबकोफोन र आर्कोस्टोर मार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन्।
देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ५२५० प्रतिमहिनादेखि सुरु हुने ० प्रतिशत ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन्।
यो प्रक्रिया झन्झटरहित छ र यो सेवा प्राप्त गर्नको लागि प्रमाणपत्रको रूपमा ग्राहकको नागरिकताको मात्र आवश्यकता पर्ने छ।
प्रतिक्रिया दिनुहोस्